एनएस गुणस्तरपछि आक्रामक बजार विस्तारमा एसियन कंक्रिटो 

Samabesi 1
  |   
प्रकाशित मिति: आश्विन ०१, २०७८
167 Shares

चितवन, ०१ असोज । नेपाल गुणस्तर (एनएस) चिन्ह प्राप्त प्राप्त गरेपछि एसियन कंक्रिटोले बजार विस्तारमा आफ्नो ध्यान केन्द्रित गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा उद्योग रहेको एसियन कंक्रिटोले विगत ३÷४ वर्ष अगाडिदेखि आफ्नो उत्पादन बिक्री गर्दै आएको भए पनि केही समय अगाडि मात्रै नेपाल गुणस्तर पाएको हो । 
निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह (एनएस) पाएसँग निर्माण सामग्रीको गुणस्तर तथा बजार विस्तारमा ध्यान केन्द्रित गरिएको कम्पनीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अत्याधुनिक प्रविधिबाट स्वचालित यन्त्रको प्रयोग गरी निर्माण सामग्री उत्पादन गर्ने उद्योगमध्ये एनएस पाउने एसियन कंक्रिटो पहिलो उद्योग हो । एसियन कंक्रिटो आउनुपूर्व पनि नेपालमा निर्माण कम्पनीहरु धेरै नै थिए । 
अन्य उद्योगहरुले एनएसका बारेमा कुनै चासो लिएको देखिदैनथ्यो । तर, एसियन कंक्रिटोले आफ्नो उत्पादन बजारमा आउने वित्तिकै एनएसको मापदण्ड बनाउन अनुरोध गर्दै आएपछि हाल उसले एनएस चिन्ह प्राप्त गरेको उद्योगका उपाध्यक्ष श्यामल झाले जानकारी दिए । संसारभर निर्माण सामग्रीको मापदण्ड हुन्छ । नेपाली उत्पादन पनि विश्वस्तरीय हुनुपर्छ भनेर विभागलाई बारम्बार आग्रह गर्दै एसियन कंक्रिटोको मापदण्ड बनाउन अनुरोध गरेको झाले बताए । 
“हाम्रो मर्मलाई बुझेर विभागले पनि द्रूत गतिमा काम ग¥यो,” उहाँले भन्नुभयो, “त्यही भएर एनएस लिन सफल भइयो । अब सरकारले बनाएको मापदण्ड उनीहरुले गर्ने कार्यमा अनिवार्य लागू गर्नुपर्छ ।” एसियन कंक्रिटोबाट उत्पादित हरेक सामग्री अब नेपाल गुणस्तर अनुसार हुनेछन् । जर्मनीबाट मेसिनसहित प्रविधि ल्याएर बनाइएका सामग्री अन्य उद्योगको भन्दा कयौं गुणा बलियो र टिकाउ हुने कम्पनीले दाबी गरेको छ । 
नेपालमा उत्पादित एसियन कंक्रिटोको निर्माण सामग्रीमा जर्मनीबाट नै गुणस्तर चेकजाँच हुने झाको भनाइ छ । कम्पनीबाट उत्पादित सामग्री वातावरणमैत्री, बलियो हुँदाहुँदै पनि नेपाल गुणस्तर नपाएकाले बजारीकरणमा ठूलो समस्या भएको थियो । एनएस प्राप्त गरेपछि आफ्ना उत्पादनलाई बजारमा लैजान थप सहज भएको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए । 
उद्योगले इँटासहित २३ वटा अन्य विभिन्न निर्माण सामग्री बनाउँछ । त्यसको पनि कच्चा पदार्थ एउटै हो । सडकको छेउ किनारामा लगाउनेदेखि घरभित्र र बगैँचालाई सुन्दर बनाउनेसम्म सामग्री उत्पादन गर्दै आएको छ । परासीमा रहेको उद्योगले उत्पादन गरेको निर्माण सामग्री जिल्ला बाहिरका धेरै जिल्लाहरुबाट माग हुँदै आइरहेको अग्रवालको भनाइ छ । 
संघीय राजधानी सहित चितवन, विराटनगर लगायतका ठाउँहरुमा एसियन कंक्रिटोको अत्यधिक माग हुँदै आएको उनको भनाइ छ । बजारको माग बढ्दै जाँदा एसियन कंक्रिटोले समेत आफ्नो उत्पादन बढाउँदै लैजाने अग्रवालले बताए । 
उद्योगले दैनिक १० किलोमिटर सडक निर्माण गर्नसक्ने गरी निर्माण सामग्री उत्पादन गर्न सक्ने क्षमता रहेको उपाध्यक्ष झाको भनाइ छ । एसियन कंक्रिटोको उत्पादनले चितवनका विभिन्न स्थानमा सडक किनार (फुटपाथ) निर्माण गरेकोमा गुणस्तरीय रहेको चितवनका लागि आधिकारिक बिक्रेता ओम सञ्जिवनी कंक्रिटो कन्सर्नका प्रबन्ध निर्देशक निरञ्जन न्यौपानेले बताए । चितवनको बजारमा एसियन कंक्रिटोले उत्पादन गरेको निर्माण सामग्रीको माग अत्यधिक रहेको भन्दै न्यौपानेले चितवनमा एक वर्षमा १० करोड रुपैयाँको सामग्री बिक्री गर्न सफल भएको बताए । 
एसियन कंक्रिटोको निर्माण सामग्री प्रयोग गरेका व्यक्ति तथा संघसंस्थाबाट सकारात्मक प्रतिकृया आउने गरेको न्यौपानेको भनाइ छ ।  

samabesi 1
प्रकाशित मिति: आश्विन ०१, २०७८
167 Shares
Footer ads