समाजसेवी क्षेत्री र गुरुङद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग

Samabesi 1
  |   
प्रकाशित मिति: आश्विन ०१, २०७८
181 Shares

चितवन, ०१ असोज । दुवै मिर्गौैला खराब भएर उपचाररत युवालाई युवा समाजसेवी तथा व्यवसायी क्षेत्री र गुरुङले आर्थिक सहयोग गरेका छन् । 
कास्कीको अन्नपूर्ण गाउँपालिकाका ३४ वर्षीय मिर्गौला पीडित सूर्यबहादुर गुरुङलाई अमेरिका बस्दै आएका युवा व्यवसायी एवं समाजसेवी टेक गुरुङ तथा सुशीलकुमार क्षेत्रीले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । अमेरिकामा रहेका अन्य सहयोगी व्यक्तिहरुको समेत सहयोगमा मिर्गौला पीडित गुरुङलाई ललितपुरको निदान अस्पतालमा पुगेर दुई लाख रुपैयाँ प्रदान गरिएको हो । गुरुङले मिर्गौलाको उपचार गराइरहेका सो अस्पतालमा नै पुगेर रकम सहयोग गरिएको मिर्गाैला पीडित असहाय संरक्षण केन्द्रका अध्यक्ष सुनीलकुमार क्षेत्रीले बताए । 
ललितपुरको कुसुन्ती बस्दै आएका गुरुङ २८ वर्षको उमेरमा नै मिर्गौलामा समस्इा देखिएपछि उपचार गर्दै आइरहेका छन् । दुवै मिर्गौला खराब भएको थाहा भएपछि तत्कालीन समयमा आफ्नै बुबाको मिर्गौला प्रत्यारोपण गरिएकोमा ६ वर्षको अन्तरालमा पुनः उनको मिर्गौला खराब भएको र हाल आफ्नै दिदीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।
मिर्गौला पीडित असहाय संरक्षण केन्द्रका संस्थापक अध्यक्ष सुनीलकुमार क्षेत्रीको पहलमा मिर्गौला पीडित गुरुङलाई आर्थिक सहयोग प्राप्त भएको हो । विशेष गरी मिर्गौला पीडितहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने  उद्देश्यले उक्त संस्थाले मिर्गौला पीडितहरुका लागि विभिन्न समयमा सहयोग उपलब्ध गराउँदै आएको क्षेत्रीले बताए । उनले विभिन्न समयमा सहयोग गर्दै आइरहेका छन् । 
एसिड आक्रमण पीडित, क्यान्सर पीडित, अशक्त तथा लकडाउनका बेला समस्यामा परेका विपन्न वर्गका व्यक्तिहरुलाई आवश्यकताअनुसार सहयोग गर्ने गरेका क्षेत्री हाल मिर्गौला पीडितहरुका लागि पनि सहयोगी भूमिका निभाउने उद्देश्य राखेर समन्वयात्मक कार्य गर्दै आइरहेका छन् । क्षेत्रीले व्यक्तिगत तथा संस्थागत रुपमा नै पीडितहरुलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् । 

samabesi 1
प्रकाशित मिति: आश्विन ०१, २०७८
181 Shares
Footer ads