राप्ती हत्या प्रकरण :कुलोको पानी लगाउने विषयमा विवाद हुँदा छिमेकीको हत्या

Samabesi
  |   
प्रकाशित मिति: आश्विन ०२, २०७८
223 Shares

चितवन, २ असोज । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर–९ मा शुक्रबार अन्दाजी ५८ वर्षीय कान्छा लामाको हत्या भयो । लामाको हत्या गरेको आरोपमा प्रहरीले उनकै छिमेकी अन्दाजी ५० वर्षीय टेकबहादुर भनिने दशरथ मल्ललाई पक्राउ गरेको छ । 
पक्राउ परेका मल्ललाई प्रहरी कार्यालयसम्म ल्याउन निकै सकस भयो । हत्याका आरोपीलाई स्थानीयले आक्रमण गर्न थालेपछि उनलाई प्रहरीले जोगाएको थियो । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले हत्या गरेको स्वीकार गरेका छन् । 
मृतक लामा र आरोपी मल्लबीच पहिलादेखि नै साना साना विषयमा विवाद हुने गरेको र रिसिइबी रहेको स्थानीयले बताउँछन् । पछिल्लो समय कुलोको पानी लगाउने विषयमा विवाद भएको र त्यसकै रिसमा मल्लले लामाको हत्या गरेको स्थानीयको दावी छ ।

भिडियो

 

samabesi
प्रकाशित मिति: आश्विन ०२, २०७८
223 Shares
Footer ads