समाजवादी प्रेस संगठन चितवनको अध्यक्षमा टीकादत्त चयन

Samabesi1
  |   
प्रकाशित मिति: आश्विन ०२, २०७८
193 Shares

चितवन, २ असोज । नेकपा एकीकृत समाजवादीले चितवनमा पहिलो पटक पत्रकारहरुको जिल्ला शाखा गठन गरेको छ ।
पत्रकार टीकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवनको कार्यसमिति घोषणा गरिएको छ । उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् । यस्तै सदस्यहरुमा कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ, शिवजी गायक, डिलकुमारी नेपाल चयन भएका छन् । 
प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन भएका छन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा. कृष्ण पन्त लगायतले नयाँ कार्यसमिति गठन गरेका हुन् । जिल्ला भेलाले गठन गरेको कार्यसमितिलाई सक्रिय बनाइने जनाइएको छ । पत्रकार महासंघ चितवन कार्यसमितिमा समाजवादी प्रेस संगठन नेपाल चितवनका २ जना परेका छन् ।
 

Samabesi1
प्रकाशित मिति: आश्विन ०२, २०७८
193 Shares
Footer ads