एमसीसीका कारण गठबन्धन टुट्दैनः प्रचण्ड

Desk
  |   
प्रकाशित मिति: आश्विन ०२, २०७८
136 Shares

जनकपुरधाम,०२ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही प्राविधिक समस्याका कारणले गर्दा सरकारले पूर्णता पाउन ढिलाइ भइरहरेको बताएका छन्। उनले चाँडै प्राविधिक समस्या टुंगाएर सरकारले असोज ४ गते भित्रै पूर्णता पाउने दावी समेत गरेका छन्।

सरकारमा सहभागी दलहरुले मन्त्री बन्ने नेताहरुको निष्कर्ष लगाउन नसकिरहेको बेला दाहालले असोज ४ गते भित्रै सरकारले पूर्णता पाउने दावी गरेका हुन्। जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको प्रतिगामी शक्ति मिलेर भ्रमको सिर्जना गरिरहेको आरोप समेत लगाए।

उनले गठबन्धन बन्नु अगाडि नै प्रतिगामी शक्ति गठबन्धन नबनोस् भन्नेमा लागेको र अहिले आएर गठबन्धनमा तीव्र असन्तुष्टि रहेको भन्दै भ्रम छरिरहेको आरोप लगाए।

प्रचण्डले भने, ‘प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस् गठबन्धनमा कुनै किसिमको विवाद छैन यो गठबन्धन टुट्दैन।’

एक अर्को प्रसंग प्रचण्डले बिना परिमार्जन एमसीसी सम्झौता परिमार्जन गर्न नमिल्ने बताए। उनले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरु बिगारिएकाले यसलाई बिना परिमार्जन पारित गर्न नमिल्ने बताए।

‘यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेलामा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नु पर्छ भन्ने कुनै प्रावधान थिएन। तर, पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट पारित गर्नु पर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद सिर्जना भएको थियो’, दाहालले भने, ‘अमेरिकी संसद्मा जब यो एमसीसी इण्डो प्यासिफिक स्ट्रेटेजीको अंग हो भन्ने विषय चर्चामा आएपछि यो विवाद झन चर्कियो।’

पैसा र विकास हामीलाई चाहिएकोले एमसीसी सम्झौता परिमार्जनपछि प्रतिनिधिसभाबाट मात्रै आफूहरु पारित गराउन तयार रहेको समेत उनले बताए।

Desk
प्रकाशित मिति: आश्विन ०२, २०७८
136 Shares
Footer ads