संविधान दिवसको अवसरमा ५३१ कैदीको सजाय मिनाहा

Desk
  |   
प्रकाशित मिति: आश्विन ०२, २०७८
123 Shares

काठमाडौं,२ असोज । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेका ५२३ जना कैदीहरुको कैद सजाय मिनाह गरेकी छिन् ।

आइतबार देखि लागू हुने गरी ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतबाट रिट नं. ०७६-wo-०९३९ को मुद्दामा मिति २०७७\४\१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर (कैदकट्टा) नियमावली र मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम बाँकी कैद मिनाह भएको जनाइएको छ ।

Desk
प्रकाशित मिति: आश्विन ०२, २०७८
123 Shares
Footer ads