थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि

Desk
  |   
प्रकाशित मिति: आश्विन ०२, २०७८
115 Shares

काठमाडौं,२ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ३८५ जनाको परीक्षण गर्दा १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २३४ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५४० पीसीआर परीक्षण गर्दा ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ८१८ परीक्षण गर्दा २३१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८२ जना रहेको छ ।

 

 

Desk
प्रकाशित मिति: आश्विन ०२, २०७८
115 Shares
Footer ads