नयाँ सिजनको इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सको विजयी सुरुवात
प्रकाशित मिति: सोमबार, आश्विन ०५, २०७७ | ११:४९:५५
काठमाडौँ, ५ असोज
नयाँ सिजनको इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले विजयी सुरुवात गरेको छ । घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेलको १३औं मिनेटमा डेजानले गोल गर्दै टुरिन क्लबलाई अग्रता दिलाएका थिए ।बोनुचीले ७८औं मिनेटमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए । ८८औ मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्ट्सले ३-० को जित हात पारेको हो ।
आन्द्रे पिर्लोले पनि सिरी ए को प्रशिक्षण डेब्युमा सुखद सुरुवात गरेका छन् ।
प्रकाशित मिति : सोमबार, आश्विन ०५, २०७७ |
११:४९:५५
22683