मलेसियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत नेपालीद्वारा क्रिकेट रङ्गशालालाई चार लाख सहयोग

Samabesi 1
  |   
प्रकाशित मिति: श्रावण ०५, २०७८
1638 Shares

चितवन, ५ साउन । 
धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा भरतपुर–१५ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई मलेसियामा कार्यरत नेपालीबाट सहयोग जुटेको छ । 
निर्माणाधीन रङ्गशालाका लागि मलेसियाकको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुको तर्फबाट चार लाख तीन हजार २८८ रुपैयाँ सहयोग प्राप्त भएको फाउण्डेशनले जनाएको छ । मलेसियाबाट प्रदान गरिएको रकमबाट रङ्गशालामा शुरु गरिएको कुर्ची अभियाका लागि तीन वटा कुर्ची ‘सेमा नेपाली समूह’को नाममा सुरक्षित गरिएको फाउण्डेशनले जनाएको छ । 
मलेसियाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुबाट सहयोग जुटाउन सहयोग गरेको तथा अभियानमा जोडिएको भन्दै फाउन्डेशलने नारायण परियार, राजु थापा, ईश्वर गिरि, खिमप्रसाद रेग्मी, अजय कुमार, विष्णु नेपाली, विवेक गौतम, अमृत श्रेष्ठ, विष्णु पन्थी, कृष्णहरि थापा, सूर्य खाँण, रामु राई, सुवास बम र विनोद लामा सहित सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत सम्पूर्ण नेपालीहरुप्रति धन्यवाद एवंम् आभार व्यक्त गरेको छ । 
 

samabesi 1
प्रकाशित मिति: श्रावण ०५, २०७८
1638 Shares
Footer ads