पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: असार ०७, २०७८
44 Shares
काठमाडौं,७ असार । नेपालमा  पछिल्लो २४ घण्टामा २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार   पछिल्लो२४ घण्टामा ३ हजार १३० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ पीसीआर परीक्षण गर्दा १ हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३२१ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। पछिल्लो २४ घण्टामा ४६ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५३ हजार ९४० जना आइसोलेसनमा रहेका छन् ।
Desk
प्रकाशित मिति: असार ०७, २०७८
44 Shares