खैरहनीका युवाद्धारा माडीका युनिक ढकाललाई आर्थिक सहयोग

समाबेसी खबर
  |   
प्रकाशित मिति: असार ०७, २०७८
47 Shares
चितवन , ७ असार। पूर्वीचितवनको खैरहनीका युवाहरुले माडीका युनिक ढकाललाई आर्थिक सहयोग गरेका छन् । चितवनको माडी नगरपालिका वडा नम्बर ७ दबेन्द्रपुर निवासी ७ बर्षिय युनिक ढकाललाई रगत सम्बन्धि समस्याको कारण बोनम्यारो प्रत्यारोपण गुर्नपर्ने भएको छ । बोनम्यारो प्रत्यारोपणको लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने भएपछि आर्थिक समस्यामा परेको परिवारले सहयोगको लागि अपिल गर्दै आएका छन् । बालकको जिवन बचाउन आर्थिक सहयोग आवश्यक परेको जानकारी पाएपछि खैरहनीका युवाहरुले आज २० हजार रुपैयाँ सहयोग गरेका छन् । राष्ट्रिय शक्ति नेपालको जिल्ला सचिव विशाल डल्लाकोटीको नेतृत्वमा गएको टोलीले युनिक ढकालको घरमै पुगेर रकम हस्तान्तरण गरेका थिए । युनिक ढकालको लगि अजित शिवाकोटी , ध्रुव सापकोटा ,सागर पाण्डे, गणेश भुषाल लगायतका युवाहरुले सहयोग गरेको डल्लाकोटीले बताए । बालकको जिवन बचाउन युनिक ढकालको नाममा कृषि विकास बैक शाखा कार्यलय बसन्तपुर माडी चितवनमा रहेको खाता न ०५०८८०१५०२१३६०११ ंमा रकम जम्मा गरिदिने उनको परिवारले आग्रह गरेको छ ।
समाबेसी खबर
प्रकाशित मिति: असार ०७, २०७८
47 Shares