पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोना पुष्टि, ४१ जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: असार ०८, २०७८
21 Shares
काठमाडौं,८ असार । पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बाग्लुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ भने  ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा हाल ५२ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् ।  
Desk
प्रकाशित मिति: असार ०८, २०७८
21 Shares