चितवनको खैरहनीमा नयाँ कमिटीको सपथ, समानान्तर कमिटी एक दिन पनि टिकेन 

Samabesi 1
  |   
प्रकाशित मिति: कार्तिक १०, २०७८
657 Shares

चितवन, १० कात्तिक । चितवनको खैरहनी नगरपालिकामा अधिवेशनबाट घोषणा भएको नयाँ कमिटीप्रति असन्तुष्टी जनाएर समानान्तर कमिटी गठन गरेपनि त्यो कमिटी २४ घण्टा पनि टिक्न सकेन । 
मंगलबार छत्र सुवेदीको अध्यक्षतमा समानान्तर कमिटी घोषणा भएको थियो । तर, बुधबार अधिवेशनबाट निर्वाचित कमिटीको उपाध्यक्षको रुपमा सुवेदीले सपथ ग्रहण गरे । अधिवेशनले पूर्ण डल्लाकोटीको अध्यक्षतामा खैरहनीमा नयाँ कमिटी गठन गरेको थियो । सो कमिटीमा सुवेदीलाई उपाध्यक्षमा राखिएको थियो । र सोही अनुसार उनले बुधबार सपथ ग्रहण गरे । 
योसँगै खैरहनीमा नेकपा एमालेभित्र देखिएको विवाद अन्त्य भएको छ । र पार्टी एकताको सन्देश दिइएको छ । उपाध्यक्ष सुवेदीले आफू पार्टीको मूलधारमै रहेको र मूलधारमै रहेर काम गर्ने उद्घोष समेत गरे । नवनिर्वाचित नगर कमिटीका पदाधिकारी र सदस्यहरुलाई अधिवेशन सहजीकरण कार्यदल संयोजक जेएन थपलियाले सपथ ग्रहण गराएका थिए । 

Samabesi 1
प्रकाशित मिति: कार्तिक १०, २०७८
657 Shares
Footer ads