नेपाल टेलिकमको सुबिधा कि कम्जोरी : ब्यालेन्स, डाटा र भ्वाईस प्याक जो कसले जो कसैको पनि हेर्न पाउने

Samabesi2
  |   
प्रकाशित मिति: श्रावण १३, २०७८
2125 Shares

चितवन, साउन १४ ।  महोत्तरी जिल्ला जलेश्वरा नगरपालिका पर्सा पतैली-५ घर भई हाल काठमाडौं बस्ने राजेश रोई (राज) लामो समय देखी साइबर अनुसन्धानमा सकृय रहेका युवा इन्जिनियारका रुपमा चिनिएका छन । रोईले बिगतका समय बिभिन्न सामाजिका संजालको कम्जोरी पत्ता लगाइ पुरस्कृत भईसकेका पनि छन । पछील्लो समयमा नेपालकै ठुला ठुला डिजिटला कम्पनिहरुको कम्जोरी पत्ता लगाउन सक्रीय रहेका छन ।

३ दिन अगाडी मात्रै नेपाल टेलिकम र एनसेलको सुरक्षा गोपनिएता कम्जोरी पत्तालगाई सम्बन्धित कम्पनिलाई ईमेल मार्फत जानकारी गराएका छन । तेस मध्य केहि त्रुटिलाई नेपाल टेलिकमले यो त्रुटी न भैई सुबिधा भनेर ब्याख्या गरेको छ । तर राजेशले भने यो सुबिधा नभैई त्रुटी नै हो भनेका छन । एनसेलले अहिले सम्म पनि केहि जवाफ नफर्काएको समाबेशी खबरालाई जानकारी दिए । यस्ता सामाजिक संजालमा रहेका कमीकम्जोरी पत्ता लगाई नेपाली युवा इन्जिनियारहरु र बिद्यार्थीहरु लाखौं पुरस्कारले पनि सम्मनित भएको हामीले देखेका छौं । नेपाली सुचना प्रबिधिको क्षेत्रमा यस्तो कम्जोरी पत्ता लगाई समबन्धित कम्पनिलाई बुझाउने राजेश सम्बभत पहिलो ब्यक्ती नै हुन । 

यदि तपाईं नेपाल टेलिकमको मोबाइल प्रयोग गर्नुहुन्छ भने तपाईंको मोबाइलमा कति ब्यालेन्स छ भन्ने कुरा अर्को व्यक्तिले सजिलै थाहा पाउन सक्छ । तपाईंलाई के लाग्छ, यो सुविधा हो कि सुरक्षा कमजोरी ? तपाईंले टेलिकमको वेबसाइट तथा मोबाइल एपमा रहेको वेब रिचार्ज अप्सनमार्फत तपाईंले टेलिकमका जुनसुकै मोबाइल नम्बरमा रहेको ब्यालेन्स र भ्यालिडिटी (मान्यअवधि) थाहा पाउन सकिन्छ । तर यसका लागि तपाईंले जुन नम्बरको ब्यालेन्स थाहा पाउनुपर्ने हो, त्यसमा रिचार्ज कार्डमा रहेको पिन नम्बरबाट रिचार्ज गर्नुपर्ने हुन्छ ।

हुन त तपाईंला लाग्न सक्छ, मोबाइल रिचार्ज गरेर आफ्नो ब्यालेन्स कसैले जान्न चाहन्छ भने थाहा पाओस्, के फरक पर्छ । तर यो तपाईंको व्यक्तिगत जानकारी हो । यसको अर्थ तपाईंको अनुमति बिना अर्को व्यक्तिले यस्तो जानकारी सजिलै थाहा पाउने अवस्था बन्नुहुन्न । यो विषयलाई पनि टेलिकमका अधिकारीले सुविधाको अर्थमा व्याख्या गर्ने गरेका छन्  । तर साइबर सुरक्षा अनुसन्धानकर्ता राजेश यो विषयलाई कसैको बैंक खातामा थोरै रकम जम्मा गरेर उसको ब्यालेन्स थाहा पाउनु जस्तै संवेदनशील भएको बताउँछन् । ‘यो प्राइभेसी (गोपनीयता) लिक भएको विषय हो,’ उनी भन्छन्, ‘यस्तो जानकारी सम्बन्धित मोबाइलमा आउने ओटीपीको आधारमा मात्रै थाहा पाउन सकिने गरी सुरक्षित राख्न जरुरी छ ।’ त्यसो त नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल समेत यो विषय गोपनीयताको दृष्टिले संवेदनशील भएको बताउँछन् । ‘प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्नु सम्बन्धित सेवाप्रदायकको दायित्वको विषय हो,’ उनी भन्छन्, ‘कुनै प्रयोगकर्ताको मोबाइल ब्यालेन्स कति छ भन्ने कुरा नितान्त सम्बन्धित व्यक्तिको निजी जानकारी हो । टेलिकमले यस्तो जानकारी सार्वजनिक गर्न पाउँदैन ।’

रोचक कुरा के हो भने नेपाल प्रहरीले प्रयोग गर्ने सिमकार्ड क्लजयुजर ग्रुप हो भनेर सजिलै पत्ता लगाउन सकिन्छ । नेपाल प्रहरीले मासिका केहि रकम रिचार्ज गरे बापत ५० वटा SMS र ३०० MB डाटा नेपाल टेलिकमले दिने गरेको छ । यस्ले गर्दा प्रहरी अधिकारीहरुको समेत प्राइभेसी (गोपनीयता) खुल्ने भएको एक प्रहरीले बताएका छन ।

कसैको डाटा,भ्वाइस मेसेज प्याक हेर्ने नेपाल टेलिकम ले दिएको सुबिधा यो हो लिंक हेर्ने तरीका https://offer.ntc.net.np/VolumeQuery.aspx

Samabesi2
प्रकाशित मिति: श्रावण १३, २०७८
2125 Shares
Footer ads