सुनको मूल्य तोलामा २ लाख ४० हजार नाघ्दै ऐतिहासिक उचाइमा
प्रकाशित मिति: सोमबार, आश्विन २७, २०८२ | १२:०७:००
चितवन, २७ असोज । सुनको मूल्य नेपाली बजारमा नयाँ रेकर्ड बनाउँदै तोलामा २ लाख ४० हजार रुपैयाँ नाघेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकिएको छ, जबकि अघिल्लो दिन यो मूल्य २ लाख ३८ हजार रुपैयाँ थियो।
सुनको हालको मूल्य हालसम्मकै सबैभन्दा उच्च रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा ९५ रुपैयाँले बढी हो।
प्रकाशित मिति : सोमबार, आश्विन २७, २०८२ |
१२:०७:००
1255