सुनको मूल्य प्रतितोला ११ हजार ६ सयले सस्तो
  प्रकाशित मिति:  मंगलबार, कार्तिक ११, २०८२ |  १२:१८:४३                                                                
                              
चितवन ,११ कार्तिक । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्ला तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।
गत आइतबार एकै दिन प्रतितोला रु ११ हजार ६०० ले घटेर रु २,४१,९०० कायम भएको सुनको मूल्य सोमबार पुनः रु २,००० ले घट्दै रु २,३९,९०० मा झरेको थियो।
आज फेरि सुनको मूल्य रु २,९०० ले घटेपछि प्रतितोला रु २,३७,००० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला रु ६० ले घटेर रु २,९२० मा किनबेच भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
  
		 		  प्रकाशित मिति :    मंगलबार, कार्तिक ११, २०८२ |   
			 १२:१८:४३                                
                                 815                                
                                
                                 
                                
       
						  
					
    

















