खैरहनीको आन्तरिक राजस्व कार्यालय नहटाउन उद्योग वाणिज्य संघहरुको ध्यानाकर्षण
चितवन, ११ कार्तिक । पुर्वीचितवनको खैरहनीमा रहेको आन्तरिक राजस्व कार्यालयलाई नहटाउन चितवनका उद्योग वाणिज्य संघहरुले ध्यानाकर्षण गराएका छन् । उद्योग वाणिज्य संघ खैरहनीको अगुवाईमा पुर्वीचितवनको तिनवटा संघ ( राप्ती उद्योग वाणिज्य संघ, रत्ननगर उद्योग वाणिज्य संघका ,उद्योग वाणिज्य संघ खैरहनी ) र उद्योग वाणिज्य संघ चितवन सहित चारवटा संघले आज संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय चितवनमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
खैरहनीको आन्तरिक राजस्व कार्यालयले पुर्वीचितवनको राप्ती , खैरहनी , रत्ननगर र कालिका क्षेत्रका उद्योगी , व्यवसायी तथा आमकरदातालाई सेवा दिदै आएको छ । खैरहनीमा कार्यालय हुँदा पुर्वी चितवनका करदाताहरुलाई सहज भएको भन्दै कुनैपनी बहानामा उक्त कार्यालय नहटाउन ध्यानाकर्षण पत्र बुझाइएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले जानकारी दिए ।
उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष खनालसहित राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कंडेल , रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरि , उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठ सहितको टोलिले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
						  
					
    



















