कांग्रेस केन्द्रीय समिति बैठक पुनः स्थगित
प्रकाशित मिति: आइतबार, कार्तिक १६, २०८२ | १४:३०:५०
चितवन, १६ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ।
आइबतार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो।
बैठक अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने बताइएकाे छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज धोविघाटमा पदाधिकारी बैठक राखेका थिए। उक्त बैठकमा पनि महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक नै स्थगित गरिएको हो।
प्रकाशित मिति : आइतबार, कार्तिक १६, २०८२ |
१४:३०:५०
573





















