बञ्चरेडाँडा जान थाले फोहर बोकेका गाडी
  प्रकाशित मिति:  आइतबार, कार्तिक १६, २०८२ |  १४:३५:१८                                                                
                              
चितवन, १६ कार्तिक । स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन् ।
सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
स्थानीय सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहर फाल्न अवरोध गरेका थिए । चार दिनसम्म फोहर फाल्न अवरोध हुँदा काठमाडौँका अधिकांश घर गल्लीमा फोहरको थुप्रो लागेको छ ।
  
		 		  प्रकाशित मिति :    आइतबार, कार्तिक १६, २०८२ |   
			 १४:३५:१८                                
                                 221                                
                                
                                 
                                
       
						  
					
    





























