हिमपहिरोले ३ जनाको ज्यान लियो, ८ जना बेपत्ता
चितवन, १७ कार्तिक । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित ना गाउँ र एलुन रिबोको बीचमा हिमपहिरोमा परेर दोलखाको गौरीशंकर-९ को ना गाँउ र एलुङ री क्षेत्रमा तीन जना पर्यटककाे मृत्यु भएको छ ।
हिमपहिरोमा परेर चार घाइते भएका छन् ।
८ जान पर्यटक हाल सम्म बेपत्ता छन् ।
आज बिहान नौ बजे ना गाउँबाट ६ हजार ३ सय ३३ मिटर अग्लो डाेल्मा थाङ हिडेका १५ जना मध्ये १०:३० बजे आएको हिउँ पहिरोमा परेर ८ जना बेपता भएको दोलखाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताउनु भयो ।
हिमपहिरोमै परेका सात जना पर्यटक भने सम्पर्कमा आएको डिएसपी महताेले जानकारी दिनुभयो ।
५६ सय मिटर उचाइमा रहेकाे एलाेङ रि माउन्टेन क्षेत्र आसपास हिउँ पहिराे गएकाे ना गाउँका स्थानीय जाेसेफ फुर्वा शेर्पाले जानकारी दिनुभएकाे छ ।
हराइरहेकाहरुको उद्दार हेलिकप्टरबाट गर्ने प्रयास भइरहेको डिएसपी महतोले जानकारी दिनुभयो ।
						  
					
    



























