आज गण्डकी प्रदेशसभा बैठक बस्दै
प्रकाशित मिति: सोमबार, कार्तिक २४, २०८२ | १२:१०:०२
चितवन, २४ कार्तिक । गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ ।
जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन जलेपछि स्थगित भएको प्रदेश सभा बैठक दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बस्ने सभामुख कृष्ण धितालले जानकारी दिए ।
यसअघि प्रदेशसभाको अन्तिम बैठक भदौ १६ गते बसेको थियो ।
त्यसपछि भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा आगजनी भएपछि बैठक बस्न सकेको थिएन ।
यसअघि असोज २२ गतेका लागि बैठक बोलाइएको भए पनि सांसदहरुले असुरक्षा महसुस गरेपछि बैठक स्थगित गरिएको थियो ।
प्रकाशित मिति : सोमबार, कार्तिक २४, २०८२ |
१२:१०:०२
463



















