एमालेले विघटित संसदीय दलको बैठक बोलायो
प्रकाशित मिति: सोमबार, कार्तिक २४, २०८२ | १४:५३:२०
चितवन, २४ कार्तिक । देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ।
विकसित असामान्य र जटिल राजनीतिक परिस्थितिको लोकतान्त्रिक तथा संवैधानिक निकासका लागि छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनका अनुसार बैठक आगामी मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ।
प्रकाशित मिति : सोमबार, कार्तिक २४, २०८२ |
१४:५३:२०
1343
























