एमालेले आज देशभरका ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै
प्रकाशित मिति: मंगलबार, कार्तिक २५, २०८२ | ११:५६:१७
चितवन, २५ कार्तिक । नेकपा एमालेले आज ७५३ वटै पालिकामा जनसभा गर्दैछ ।
संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्र्थापानाका लागि भन्दै जनपरिचालनलाई तीव्रता दिएको एमालेले आज पालिका तहमा प्रदर्शन केन्द्रित गरेको हो प्रदर्शन बिहान ७ बजेदेखि नै सुरू भएको र यो क्रम साँझ पाँच बजेसम्म रहने एमालेले जानकारी दिएको छ ।
पालिका तहको प्रदर्शनका लागि एमाले महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन दिएका थिए।
त्यहीअनुसार आज बिहानैदेखि पालिका तहमा प्रदर्शन, भेला र अन्तरक्रिया भइरहेको एमालेले जानकारी दिएको छ । एमालेले कात्तिक २२ गते वडा तहमा जनप्रदर्शन गरेको थियो ।
अब जिल्ला तहमा कात्तिक २९ गते हुनेछ भने काठमाडौंमा मंसिर ६ गते व्यापक जनप्रदर्शन गर्ने एमालेले बताएको छ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५, २०८२ |
११:५६:१७
1189
























