सुनचाँदीको मूल्यमा गिरावट: सुन ५०० र चाँदी ६० ले सस्तो
प्रकाशित मिति: शुक्रबार, कार्तिक २८, २०८२ | १५:२३:०४
चितवन, २८ कार्तिक । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा हल्का कमी आएको छ। एक तोला सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीमा रु ६० ले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज एक तोला सुनको मूल्य रु २,४९,७०० निर्धारण गरिएको छ। त्यस्तै, चाँदी एक तोला रु ३,२८५ मा कारोबार भइरहेको छ।
बिहीबार सुनको मूल्य रु २,५०,२०० र चाँदी रु ३,३४५ प्रति तोला रहेको थियो।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २८, २०८२ |
१५:२३:०४
1101















