सुनको मूल्य घट्यो, चाँदीमा वृद्धि
प्रकाशित मिति: सोमबार, मंसिर ०१, २०८२ | १२:५६:१८
चितवन, ०१ मंसिर । सोमवार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा आएको महासंघले जनाएको छ ।
महसंघकाअनुसार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । आईतवार ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार बढेर ३ हजार १५५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ०१, २०८२ |
१२:५६:१८
573




















