धेरै कर तिर्ने खैरहनीको नव पुष्पान्जली कापी उद्योग सम्मानित
चितवन, ०१ मंसिर । आन्तरिक राजस्व कार्यालय खैरहनीले खैरहनी नगरपालिका वडा नम्बर १ मा रहेको नव पुष्पान्जली कापी तथा स्टेशनरी उद्योग प्रा.लिलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सबैभन्दा धेरै कर तिर्ने उद्योगमा परेको नव पुष्पान्जली कापी उद्योग लाई आज सम्मान गरिएको हो ।
आन्तरिक राजस्व कार्यालय खैरहनीको कार्यक्षेत्रमा रहेका व्यवसायिक करदाताहरुमध्य आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै आयकर बुझाएको भन्दै उक्त उद्योगको संचालक चन्द्रप्रसाद खनाललाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । आन्तरिक राजस्व कार्यालय खैरहनीका निमित्त प्रमुख नर बहादुर रावतले उद्योगका संचालक खनाललाई सम्मान गरेका हुन् । सोही उद्योगले आर्थिक वर्ष २०७९/८० मा समेत सबैभन्दा धेरै आयकर तिरेर सम्मान पाएको थियोे ।
२०५६ सालबाट व्यवसाय सुरु गरेको नव पुष्पान्जली कापी तथा स्टेशनरी उद्योगले २०८०/८१ यता प्रालीमा रुपान्तरण गरेर व्यवसाय संचालन गर्दै आएको छ । उक्त उद्योगले ४० जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको छ । व्यवसाय गरेपछि आफ्नो आम्दानी अनुसार राज्यलाई तिर्नुपर्ने कर दाहित्व इमानदारीको साथ तिर्नुपर्ने संचालक चन्द्र प्रसाद खनालले बताए । उक्त उद्योगले आफ्नो उत्पादन नेपालभर विक्री वितरण गर्दै आएको छ ।




















