दुर्गा प्रसाईँ पक्राउ
प्रकाशित मिति: मंगलबार, मंसिर ०२, २०८२ | ८:००:१६
चितवन, ०२ मंसिर । दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको छ। हिंसा भड्काउने प्रकारका अराजक अभिव्यक्ति दिएको आरोपमा सोमबार मध्यरात उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि रिहा भएका थिए। राजावादी अभियानमा सक्रिय रहेका उनी बैंकबाट लिएको ऋण मिनाहा गरिनुपर्ने मागसहित पुनः आन्दोलन तयारीमा जुटिरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०२, २०८२ |
८:००:१६
507



















