निर्वाचन आयोगद्वारा ६ लाख २० हजार नयाँ मतदाता थप
प्रकाशित मिति: मंगलबार, मंसिर ०२, २०८२ | १३:१७:३४
चितवन, ०२ मंसिर । निर्वाचन आयोगले हालसम्म ६ लाख २० हजार नयाँ मतदाता दर्ता भएका छन्। आयोगका अनुसार यो तथ्यांक सोमबार राति ९ बजे सम्मको हो।
यीमध्ये ३ लाख ११ हजार ४१४ जना नियमित सर्भरमार्फत दर्ता भएका छन् भने ३ लाख ८ हजार ५८५ जना राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ मतदाता सूचीमा समावेश भएका छन्।
जेन जेडलाई लक्षित गर्दै सरकारले अध्यादेशमार्फत मतदाता नामावली दर्ता खुला गरेपछि नाम दर्ता अभियान अझै सक्रिय बनेको आयोगको भनाइ छ।
आगामी २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन भइरहेको छ। सुरुमा कात्तिक ३० गतेसम्म मात्र समय दिइए पनि पछि थपेर मङ्सिर ५ गतेसम्म नाम दर्ता गर्ने व्यवस्था मिलाइएको हो।
प्रकाशित मिति : मंगलबार, मंसिर ०२, २०८२ |
१३:१७:३४
89



















