नेप्से परिसूचक १५.७० अंकले बढ्यो, बजारमा दोहोरो अंकको सुधार
चितवन, ०२ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको सुधार देखिएको छ। नेप्से १५.७० अंकले बढेर २,५६६.०७ बिन्दुमा कायम भएको छ।
आज ३४५ कम्पनीका ९२,५५,४५७ कित्ता शेयर ५५,२७७ पटक खरिदबिक्री हुँदा करिब रू ४ अर्ब १० करोड ५४ लाखको कारोबार भएको छ। बजारमा सबै समूहको उपसूचक वृद्धि भएको छ।
सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाईड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडका शेयरमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा एभरेस्ट बैंक लिमिटेडको डिबेन्चर रहेको छ, जसको शेयर मूल्य ३.५४ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा सबैभन्दा बढी सहास ऊर्जा लिमिटेडको रू २२ करोड ९१ लाख ६६ हजार ९१६ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएको शेयर संख्याको आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ४,५०,५९५ कित्ता शेयर किनबेच भएको छ।















