सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ७०० रुपैयाँले महँगियो
प्रकाशित मिति: बिहिबार, मंसिर ०४, २०८२ | १३:३२:५९
चितवन, ०४ मंसिर । अन्तरराष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज सुन–चाँदी दुबैको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
उनका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा पुगेको छ। त्यस्तै, चाँदी प्रतितोला ३५ रुपैयाँ वृद्धि भएर ३ हजार १८५ रुपैयाँ कायम भएको छ।
अन्तरराष्ट्रिय बजारमा पनि मूल्य बढ्दो अवस्थामा रहेको छ। आज विश्वबजारमा एक औँस सुन ४,०७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रकाशित मिति : बिहिबार, मंसिर ०४, २०८२ |
१३:३२:५९
551





















