पिक अप गाडी दुर्घटना हुँदा खैरहनीका न्यौपानेको मृत्यु
चितवन , ७ मंसिर । चितवनमा पिक अप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ११ सिद्धि नजिक शनिबार गाडी दुर्घटना हुँदा खैरहनी निवासी राममणी न्यौपानेको मृत्यु भएको हो । सिद्धि बाट कल्याण चौर तर्फ जाँदै गरेको बा.१८च८९७३ नम्बरको पिक अप गाडी आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको समय एकिन नभएको र राती करिव ९:५० बजे दुर्घटनाको खबर पाएपछि प्रहरी घटनास्थलतर्फ गएको थियो । दुर्घटनास्थल जुटपानीबाट करिव २० किलोमीटर टाडा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते खैरहनी नगरपालिका वडा नम्बर ४ का अन्दाजी ६२ वर्षिय का राममणी न्यौपानेलाई उपचारको लागि अस्पताल लैजादा राती सवा १२:१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।