जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक
प्रकाशित मिति: मंगलबार, मंसिर ०९, २०८२ | १४:५७:००
चितवन, ०९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ ।
गरिखान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगानाको समूहलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो ।
मिराज ढुंगानाले भने, “हाम्रो टिम प्रधानमन्त्री कार्यालय जाँदै थियौँ, तर गेटमै प्रहरीले रोकेर फर्काएको छ । के कारणले फर्कायो हामीले पनि बुझेका छैनौँ,” ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०९, २०८२ |
१४:५७:००
749




















