राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
प्रकाशित मिति: मंगलबार, मंसिर ०९, २०८२ | १५:३६:४९
चितवन, ०९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपति भवनमा आज बिदाइ भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकामा धन्यवाद दिएका थिए ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०९, २०८२ |
१५:३६:४९
353




















