हाम्राे माग पूरा नभए फागुन २१ मा चुनाव हुँदैन : दुर्गा प्रसाईं
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२ | १९:२०:४७
चितवन, १३ मंसिर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले आफ्ना मागहरू पूरा नभए देशमा कुनै पनि प्रकारको चुनाव हुन नदिने चेतावनी दिएका छन्। भक्तपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको उद्देश्य स्पष्ट नभए फागुन २१ गते वा त्यस आसपासमा चर्चा भइरहेको चुनाव वा राजनीतिक निकास असम्भव हुने दाबी गरे।
आगामी मंसिर २२ गते प्रधानमन्त्रीसँग वार्ताको मिति तय भएको उल्लेख गर्दै प्रसाईंले उक्त वार्ताले समाधान निकाल्न नसके आफूहरू आन्दोलनमा उत्रिने बताए। फागुन २१ सम्बन्धी प्रश्नमा उनले भने, “फागुन २१ गते सरकारले चाह्यो भने हुन्छ, चाहेन भने चुनावै हुँदैन। सरकारले चाह्यो भने जनमत संग्रह पनि हुन्छ।”
प्रकाशित मिति : शनिबार, मंसिर १३, २०८२ |
१९:२०:४७
705
























