ज्येष्ठ नागरिकका लागि घरमै पुगेर निःशुल्क उपचार सेवा सुरु
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ | १२:२२:५१
चितवन, २३ मंसिर । सिलीचोङ गाउँपालिकाले जाडो यामसँगै बढ्दो कठ्याङ्ग्रिने मौसमलाई ध्यानमा राखी ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै घरदैलो निःशुल्क उपचार सेवा सुरु गरेको छ।
गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार ७५ वर्षमाथिका ४ सय ३९ जना ज्येष्ठ नागरिकका घर–घरमै स्वास्थ्यकर्मी पुगेर उपचार सेवा प्रदान गरिरहेका छन्। उपचारसँगै तातोपानी तताउन प्रयोग हुने विद्युतीय जग पनि वितरण गरिएको उनले बताए।
जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले प्रत्येक घर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, रक्तचाप र सुगर जाँचजस्ता आधारभूत सेवा प्रदान गरिरहेका छन्। त्यस्तै ७० वर्षमाथिका सबैका लागि आवश्यक सामान्य औषधि पनि निःशुल्क वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ।
प्रकाशित मिति : मंगलबार, मंसिर २३, २०८२ |
१२:२२:५१
1827



















