रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्सको ऐतिहासिक एनपीएल जित
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२ | १८:०९:४८
चितवन, २७ मंसिर । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल भएको छ। यस जितसँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बनेको छ भने सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित हुन पुगेको छ।
फाइनल खेलमा कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यानको उत्कृष्ट बलिङ प्रदर्शनका कारण सुदूरपश्चिम ८५ रनमै अलआउट भयो। ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित हात पार्यो र उपाधि आफ्नो नाममा लेखायो।
प्रकाशित मिति : शनिबार, मंसिर २७, २०८२ |
१८:०९:४८
1123


















