आजको राशिफल
चितवन, ०६ पुष । वि.सं.२०८२ साल पौष ६ गते । आइतबार । इस्वी सन् २०२५ डिसेम्बर २१ तारिख । नेपाल संवत् ११४६ ।
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ):
सरकारी र प्रशासनिक काममा केही कमजोरी रहनेछ। सरकारी ओहोदामा काम गर्ने व्यक्तिहरूले समयमै काम नगरेको कारण महत्त्वपूर्ण अवसरहरू गुम्न सक्छ। परिवारजनको असहयोगका कारण नयाँ योजनाहरूलाई थाती राख्नु पर्ला। घरेलु कामको चापले बाहिरी गतिविधिहरूमा भाग लिन गाह्रो हुनेछ। यद्यपि, खोज र अनुसन्धानमा ध्यान दिनु पर्नेछ भने यसबाट सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ। अध्ययनमा प्रगति हुनेछ र वित्तीय क्षेत्रमा पनि लाभको संभावना छ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो):
लामो परिश्रमको बाबजुद आंशिक सफलता प्राप्त हुनेछ। पढाइमा कमजोरीको अनुभव हुन सक्छ। व्यापारमा मन्दी आउनाले आर्थिक संकट आउन सक्छ। स्वास्थ्यमा समस्या र खर्चमा वृद्धिको सम्भावना छ। आफन्त र दिदीबहिनीसँग मनमुटाब हुन सक्छ। विवाद र आलोचनामा परेर पनि जिम्मेवारी पूरा गर्नु पर्ने समय हुनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा):
माया प्रेममा नजिक हुने र रमाइलो यात्रामा जान सकिने अवसर हुनेछ। भौतिक वस्तु र विलासी सामानको प्रयोग गरेर अरूको ध्यान आकर्षित गर्न सकिनेछ। परिवारमा जमघट हुने र स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। व्यवसाय र साझेदारीबाट आम्दानी हुने सम्भावना छ। वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गर्न सकिनेछ जसबाट राम्रो आम्दानी मिल्न सक्छ। पढाइमा पनि सफलता मिल्नेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो):
आत्मविश्वास, साहस र हिम्मतले कामहरू पुरा गर्न सकिनेछन्। अध्ययनमा अगाडि बढ्न सकिन्छ। पुराना ऋण तिर्न सकिने र स्वास्थ्य सुधार हुनेछ। मामा मावलीसँगको सम्बन्ध सुधार हुनेछ। व्यवसायमा पनि भविष्यमा राम्रो आम्दानी हुने सम्भावना छ। प्रेममा मनमुटाबको सम्भावना छैन। शेयर बजारमा लगानीबाट नाफा कमाउन सकिनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे):
समयसँग सँगै नजाला भने अरू भन्दा पछि पर्न सकिन्छ। पढाइ लेखाइमा मन नलाग्दा पुरस्कार र प्रशंसा अरूको हातमा जान सक्छ। प्रेममा अविश्वासको उत्पन्न हुन सक्छ। व्यापारमा मिहिनेत गर्नुपर्नेछ र लगानी अनुसार प्रतिफल प्राप्त हुनेछ। अग्रज र गुरुवको सुझावलाई मान्नु राम्रो हुनेछ। वित्तीय बजारमा थोरै नाफा मिल्न सक्छ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो):
सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला। आमा वा आफन्तसँग टाढिएर यात्रा गर्दा मन खिन्न हुन सक्छ। माया प्रेममा सामान्य मनमुटाब हुन सक्छ। अध्ययन वा कामका कारण यात्रा हुने सम्भावना छ। घर र माटोको कामबाट केही लाभ मिल्न सक्छ। कृषि र पशुपालन व्यवसायमा आधुनिकीकरण गर्दा राम्रो लाभ प्राप्त हुनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते):
शुभ र मांगलिक अवसरमा जमघट गरि स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ। छोटो यात्रा पनि लाभकारी हुनेछ। खेलकुद र अन्य गतिविधिमा सहभागिता लिने व्यक्तिहरूको लागि यो समय शुभ छ। उद्योग, व्यापार, र शेयर बजारमा लगानी गरेर राम्रो नाफा प्राप्त गर्न सकिन्छ। माया प्रेममा सम्बन्ध मजबुत हुनेछ र दाम्पत्य जीवनमा खुशी आउन सक्छ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू):
शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा अफसोस हुन सक्छ। बोलेका कुरा पूरा नगरेर अरूले विश्वास गुमाउने छन्। प्रेममा मनमुटाब आउने सम्भावना छ। स्वास्थ्यमा ध्यान नदिंदा समस्या आउन सक्छ। व्यापार वा शेयर बजारमा आम्दानी कम हुन सक्छ। संगीत क्षेत्रमा समय राम्रो हुनेछ र साङ्गीतिक यात्रा तय गर्न सकिनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे):
मनोरञ्जन र चलचित्र क्षेत्रमा समय बित्नेछ। गीत संगीत र मोडलिङमा चासो बढ्नेछ। पढाइमा मन जाने हुँदा सफलता प्राप्त हुनेछ। व्यवसायमा राम्रो आम्दानी हुनेछ र आर्थिक स्थिति सशक्त हुनेछ। राजनीति र समाजसेवामा लाग्नेहरूले पद प्राप्त गर्ने योग रहेको छ। प्रेम सम्बन्धमा सुधार आउन सक्छ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी):
कानुनी मामिलामा सचेत रहनुहोस्, दण्ड र जरिवाना हुन सक्छ। माया प्रेममा दुरी बढ्न सक्छ र मन खिन्न हुनेछ। यात्रामा पैसाको व्यवस्थापन ठीक गर्न नसके खर्च बढ्न सक्छ। वैदेशिक यात्रा र विदेशी सामानसँग सम्बन्धित अवसर मिल्नेछ। विदेशमा बसेर काम वा अध्ययन गर्नेहरूले सन्तुष्टि प्राप्त गर्नेछन्। शेयर बजार र अनलाइन व्यापारमा नाफा कमाउन सकिन्छ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा):
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ र परिवार र साथीभाइबाट सहयोग प्राप्त हुनेछ। प्राकृतिक साधनहरूको प्रयोगबाट राम्रो आम्दानी मिल्नेछ। अनलाइन व्यापार, शेयर बजार, र औद्योगिक क्षेत्रमा लगानीबाट लाभ मिल्नेछ। प्रेममा रमाइलो समय बित्नेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):
सामाजिक कार्यमा समय बित्ने र मानसम्मान बढ्नेछ। माया प्रेममा प्रिय व्यक्तिसँग नजिक हुने समय छ। खाद्यान्न, निर्माण सामाग्री, र अटो पार्ट्सको व्यापारमा वृद्धि हुनेछ। पुराना समस्याहरू हल हुनेछन् र पारिवारिक माहौलमा स्वादिष्ट भोजनको समय हुनेछ।


























