रवि लामिछाने र बालेनको ६ घण्टा लामो वार्ता: एउटै गाडीमा बाहिरिए
चितवन, ०८ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सोमबार भएको ६ घण्टे भेटवार्ता सकारात्मक रहेको छ।
उक्त भेटवार्ता मध्यरातमा असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा भएको थियो, र त्यसपछि उनीहरु एउटै गाडीमा बाहिरिएका थिए। भेटमा सभापति लामिछानेले बालेनलाई मिलेर जान र आगामी चुनावपछि प्रधानमन्त्री बन्ने प्रस्ताव दिएका छन्, तर यसबारे विस्तृत जानकारी हालसम्म सार्वजनिक भएको छैन।
रवि लामिछानेले कारागारबाट रिहा हुनेबित्तिकै आफ्नो राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन्। शुक्रबारको भेटपछि उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि कुरा गरेका थिए र रास्वपाले वर्तमान सरकारलाई समर्थन गरेको बताएका थिए।
सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रवि लामिछाने र बालेन्द्र शाहको यो दोस्रो भेटवार्ता भएको हो।

























