राष्ट्रपति पौडेलको पहलमा प्रमुख तीन दलका शीर्ष नेताबीच शितल निवासमा संवाद
प्रकाशित मिति: मंगलबार, पौष ०८, २०८२ | १८:१०:५०
चितवन, ०८ पुष । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद सुरु भएको छ।
राष्ट्रपतिको पहलमा शितल निवासमा जारी छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।
प्रधानमन्त्री कार्की पदभार ग्रहण गरेपछि राष्ट्रपति तथा प्रमुख दलका शीर्ष नेतासँगको यो पहिलो औपचारिक भेटवार्ता हो।
प्रकाशित मिति : मंगलबार, पौष ०८, २०८२ |
१८:१०:५०
793
























