फिफाले फुटबलमा नयाँ प्रविधिको परीक्षण गर्दै, गोल र अफसाइड निर्णयमा सुधार गर्ने लक्ष्य
चितवन, ०८ पुष । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गोल हुनु अघि बल मैदानको रेखाबाहिर गएको थियो वा थिएन भनेर पत्ता लगाउन नयाँ प्रविधिको परीक्षण शुरु गरेको छ। यो नयाँ प्रविधि ‘आउट अफ बाउन्ड्स’ नामक प्रणाली हो, जुन यसै महिना कतारमा सम्पन्न तीनवटा ‘इन्टरकन्टिनेन्टल कप’ खेलहरूमा परीक्षण गरिएको थियो।
साथै, फिफाले ‘रियल–टाइम थ्री–डी रिक्रिएसन’ प्रविधिलाई पनि विस्तार गरेको छ, जसले ‘अफसाइड’को समयमा खेलाडीहरूको ‘लाइन–अफ–साइट’सँग सम्बन्धित निर्णयहरू छिटो र स्पष्ट बनाउन मद्दत गर्ने फिफाको विश्वास छ। यस प्रणालीमा दुईवटा भर्चुअल फिडहरू उपलब्ध हुनेछन्, जुन भिडियो असिस्टेन्ट रेफ्री (VAR) र टेलिभिजन दर्शकहरूका लागि उपलब्ध हुनेछ। यी फिडहरूले दुवै टोलीका गोलकिपरहरूको दृष्टिकोणबाट दृश्यहरू प्रस्तुत गर्नेछन्।
यी सबै नयाँ प्रविधिहरू फिफा र ‘हक–आई इनोभेसन्स’ले संयुक्त रूपमा विकास गरेका हुन्।

























