जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी काठमाडौँबाट पक्राउ
प्रकाशित मिति: बुधबार, पौष ०९, २०८२ | १९:३४:२२
चितवन, ०९ पुष । जेनजी आन्दोलनका क्रममा काठमाडौँको सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका तीन जना कैदी पक्राउ परेका छन्।
जबरजस्ती करणी मुद्दामा कैद भुक्तानी गरिरहेका धादिङको धुनिवेँशी नगरपालिका–१ का ३४ वर्षीय सञ्जीव परियार, थाक्रे गाउँपालिका–१० का ३५ वर्षीय विवेक परियार र मकवानपुरको चुरियामाई गाउँपालिका–३ का ३७ वर्षीय राजेन्द्र परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
उनीहरूलाई सो मुद्दामा जनही १३ वर्ष कैद सजाय सुनाइएको थियो र २०७४ असोज १ गतेदेखि कैद भुक्तानी गरिरहेका थिए।
पक्राउ परेका फरार कैदीलाई आजै कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको सीआईबीका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभएको छ।
प्रकाशित मिति : बुधबार, पौष ०९, २०८२ |
१९:३४:२२
353

















