प्रधानमन्त्री सुशीला कार्कीले क्रिसमसको अवसरमा शुभकामना सन्देश दिइन्
प्रकाशित मिति: बिहिबार, पौष १०, २०८२ | १२:१२:३०
चितवन, १० पुष । प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी र दाजुभाइलाई शुभकामना व्यक्त गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिइन्।
प्रधानमन्त्री कार्कीले भनेकी छन्, “प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताको साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न प्रेरणा दिन्छ।”
उनले हाम्रो मुलुकमा विविध धर्म, भाषा र संस्कृतिको सङ्गम रहेको उल्लेख गर्दै, क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताइन्।
प्रकाशित मिति : बिहिबार, पौष १०, २०८२ |
१२:१२:३०
309

























