भेनेजुएलासम्बन्धी घटनापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक सोमबार
प्रकाशित मिति: आइतबार, पौष २०, २०८२ | १४:०३:४०
चितवन, २० पुष । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले भेनेजुएलासम्बन्धी विषयमा सोमबार आपतकालीन बैठक बोलाउने भएको छ। सुरक्षा परिषद्को वर्तमान अध्यक्षताले शनिबार यसबारे जानकारी गराएको हो। सोमाली स्थायी मिसनकी प्रवक्ता खादिजा अहमदका अनुसार, परिषद्को अध्यक्षताले सोमबार बिहान १० बजे बैठक आयोजना गर्ने तयारी गरेको छ। जनवरी महिनाका लागि सुरक्षा परिषद्को अध्यक्षता सोमालियाले सम्हालेको छ।
समाचार अनुसार संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाविरुद्ध सैन्य कारबाही गर्दै राजधानी काराकासबाट राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको बताइएको छ।
प्रकाशित मिति : आइतबार, पौष २०, २०८२ |
१४:०३:४०
1585





















