खैरहनीमा नगर बाङ्मय परिषद् गठन,चेतराज रेग्मी अध्यक्षमा चयन
चितवन , ७ माघ । खैरहनीमा नगर बाङ्मय परिषद् गठन भएको छ । खैरहनी नगरपालिका ,नगर कार्यपालिकाले चेतराज रेग्मीको नेतृत्वमा १३ सदस्यीय नगर बाङ्मय परिषद् गठन गरेको छ । परिषदको उपाध्यक्षमा कृष्णकुमारी शर्मा , सचिवमा रामशरण थपलिया र कोषाध्यक्षमा नरेन्द्रराज पौडेल नियुक्त भएका छन्् । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँको सिफारिसमा कार्यपालिकाले परिषद गठन गरेको हो । पुष २३ गतेको कार्यपालिका बैठकले १३ जना कार्यसमिति र २ जना सल्लाहकारमा मनोनित गरेको हो ।
परिषद्को उपाध्यक्षमा कृष्णकुमारी शर्मा , सचिवमा रामशरण थपलिया , कोषाध्यक्षमा नरेन्द्रराज पौडेल, सदस्यहरुमा नवराज ढकाल , कारी चौधरी , संजय कुमार चौधरी , सुमन कडरिया , मिरा खरेल , उल्लासकान्त मैनाली , सविना सिग्देल , विकास पौडेल र धु्रवराज खनाल चयन भएका छन् । कार्यपालिकाले प्रेम रिमाल र हरि प्रसाद गजुरेललाई सल्लाहकारमा मनोनित गरेको छ । त्यस्तै परिषद्को पदेन सदस्यको जिम्मेवारी शिक्षा अधिकृत सुमन सिलवाललाई तोकिएको छ ।
नवगठित समितिको आज शपथग्रहण भएको छ । अध्यक्ष रेग्मीलाई खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँ शपथग्रहण गराएका छन् भने कार्यसमितिलाई अध्यक्ष चेतराज रेग्मीले शपथग्रहण गराएका छन् । नव गठित कार्यसमितिको अविधि चारबर्षको रहने व्यवस्था रहेको छ । शपथग्रहण कार्यक्रममा परिषद्को संरक्षक तथा खैरहनी नगरपालिका उप प्रमुख कविता उप्रेती , खैरहनीका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल , शिक्षा निर्देशक राजु बानियाँको उपस्थिति रहेको थियो ।


























