खैरहनीमा रास्ट्रपति रनिङ शिल्ड सुरु,पहिलो दिन गवै अग्रस्थानमा
चितवन, ११ माघ । चितवनको खैरहनीमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ ।
खैरहनी नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिता खैरहनी माबिको चौरमा तीन दिन सम्म चल्नेछ । प्रतियोगिताको एक कार्यक्रमका बिच खैरहनी नगरपालिका प्रमुख शशि कुमार खनियांले उद्घाटन गरे ।
कार्यक्रममा उपप्रमुख कविता उप्रेतीले स्वागत मन्तव्य राखिन । २२ वटा विद्यालयको सहभागीता रहेको सो प्रतियोगितामा विभिन्न खेलहरुमा छात्र छात्रा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।
पहिलो दिन एथलेटिक्स तर्फ एक सय मिटर दौड देखि पन्ध्र सय मिटर दौडसम्मका खेल तथा सटपुट र हाइजम्पका खेल भएका छन् ।
पहिलो दिनको समाप्तिमा गवै माबी शिर्ष स्थानमा रहेको छ । ३ स्वर्ण,३ रजत र ३ कास्य पदक सहित गवै शिर्ष स्थानमा रहेको हो । २ स्वर्ण र ३ रजत सहित कठार माबी दोस्रो स्थान तथा २ स्वर्ण सहित खैरहनी माबी तेस्रो स्थानमा छ । १ स्वर्ण ,१ रजत र १ कास्य सहित ग्लोसाइन एकेडेमी चौथो तथा १ रजत र ३ कास्य सहित सैनिक आवासीय महाविद्यालय पांचौ स्थानमा छ । दौडका बांकी खेल र अन्य खेलहरु आइतबार हुनेछन् ।


















