राष्ट्रियसभा बैठक आज, चलचित्र विधेयक र समितिका वार्षिक प्रतिवेदन पेस हुँदै
प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२ | ११:२४:४२
चितवन, १३ माघ । संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजना हुनेछ।
नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भएपछि स्थगित राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु भएको हो। आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आर्थिक वर्ष २०८१–०८२ को ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को वार्षिक प्रतिवेदन पनि सभा समक्ष पेस गर्नेछन्।
प्रकाशित मिति : मंगलबार, माघ १३, २०८२ |
११:२४:४२
485



















