निर्वाचन आयोगले बालेन शाहलाई सोध्यो स्पष्टीकरण
प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२ | १५:०८:१३
चितवन, १३ माघ । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहसँग स्पष्टीकरण मागेको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरिएको कमेन्टबारे उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको जनाएको हो ।
झापा–५ बाट बालेन शाह र केपी शर्मा ओली दुवै प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।
प्रकाशित मिति : मंगलबार, माघ १३, २०८२ |
१५:०८:१३
815



















