नेप्से ४२.५८ अङ्कले ओरालो, सबै समूह राताम्मे
चितवन, १३ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले ओरालो लाग्दै दुई हजार ७२६ दशमलव ५१ बिन्दुमा कायम भएको हो । यो गिरावट एक दशमलव ५३ प्रतिशत बराबर हो ।
आज ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा कुल रू १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा सहभागी सबै समूहका उपसूचकहरू घटेका छन् । बैंकिङ समूह एक दशमलव ४९ प्रतिशतले घट्दा विकास बैंक एक प्रतिशत, वित्त दुई दशमलव ४४ प्रतिशत, होटल तथा पर्यटन एक दशमलव ९० प्रतिशत र जलविद्युत् समूह एक दशमलव ४१ प्रतिशतले घटेको छ ।
त्यस्तै, लगानी समूह एक दशमलव ७० प्रतिशत, जीवन बीमा एक दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधन एक दशमलव ४० प्रतिशत, निर्जीवन बीमा एक दशमलव ७४ प्रतिशत, व्यापार शून्य दशमलव ५१ प्रतिशत र अन्य समूह एक दशमलव ९७ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ५६ प्रतिशतले बढेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ९३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहँदै रू ५७ करोड ८५ लाख १६ हजार ७७ बराबरको शेयर किनबेच भएको छ । शेयर सङ्ख्याका आधारमा भने आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको १७ लाख ८० हजार ८८८ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।














