स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो
चितवन, १६ माघ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला सात हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी सात हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, गत बुधबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदी सात हजार ३०० रुपैयाँ कायम भएको थियो भने मङ्गलबार सुनको मूल्य तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस पाँच हजार ५३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।













