चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन
चितवन, १८ माघ । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अस्पतालले आज जारी गरेको विज्ञप्तिअनुसार उनको आज दिउँसो १२:४५ बजे निधन भएको हो।
अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला उनी एक्कासी बेहोस भएका थिए। त्यसपछि सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई उनलाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि पनि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखिएन। मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत नदेखिएपछि परिवारलाई अवस्थाबारे विस्तृत जानकारी दिइयो। चिकित्सकीय प्रोटोकलअनुसार गरिएको एप्निया परीक्षण पोजेटिभ आएको थियो, जसले स्वतः श्वासप्रश्वास नभएको पुष्टि गर्छ। त्यसपछि आज दिउँसो १२:४५ बजे उहाँको निधन भएको हो।”
अस्पतालका अनुसार स्व. सिटौलालाई सब–अरैक्नोइड हेमरेज भएको थियो।


























